पोखरा । सत्तारुढ गठबन्धनले आमागी स्थानीय निर्वाचनमा वडासम्मै मिलेर जाने समाझदारी गरेका छन् ।
मंगलबार गठबन्धनमा रहेका दलका कास्की प्रमुखहरुको बैठकले २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडासम्मै मिलेर जाने समाझदारी गरेका हुन् । गत सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको थियो ।
कास्कीमा नेकपा एमालेलाई ‘किल्ला’ मानिन्छ । स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा कास्कीका अधिकांश ठाउँमा एमाले उम्मेदवारले जितेका थिए । पोखरा महानगरसहित कास्कीमा रहेका पाँच वटा स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार युवराज कुँवरले जितेका थिए भने बाँकी चार वटै तहमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।