Logo
Logo

माग पूरा नभए स्थानीय निर्वाचन अवरोध गर्ने जनमत पार्टीको चेतावनी


441
Shares

पर्सा । जनमत पार्टीले किसानको माग पूरा नभए आगामी स्थानीय तह निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

बुधबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले किसानको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताएका हुन् । उनले भने, ‘पहिला किसान आन्दोलनको माग सम्बोधन होस्, अनि मात्र यहाँ स्थानीय तह निर्वाचनको परिकल्पना गरौं ।’

अर्को चरणको किसान आन्दोलन फागुन १ बाट घोषणा हुने जानकारी दिँदै अध्यक्ष राउतले भने, ‘मौसमको खराबीका कारण हाइवे केन्द्रीत आन्दोलन ग्रामिण क्षेत्रमा सारिएको छ, त्यसैले फागुन १ गतेबाट सशक्त कार्यक्रमबाट आन्दोलन अघि बढ्ने छ ।’
उनले जनमत पार्टीका नेता–कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्