काठमाडौं । सशस्त्र प्रहरी बलका दुई डिआइजीले अवकाश पाएका छन् । ३० वर्षे सेवाअवधि पुरा नभएपनि डिआइजीको पाँच वर्षे सेवाहदका कारण डिआइजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठले बुधबारदेखि अवकाश पाएका हुन् ।
उनीहरु एआइजीको दरबन्दी थपेर जागिर लम्बाउने प्रयासमा थिए । तर, सरकारले दरबन्दी थप नगरेपछि उनीहरुले अवकाश पाएका छन् ।
उनीहरुको अवकाशसँगै अब सशस्त्र प्रहरीमा भावी नेतृत्वको लडाई प्रष्ट भएको छ । बैशाखको दोस्रो साता राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमबीच एआइजीमा प्रतिस्पर्धा हुनेछ । उनीहरु तीनै जना हालसम्म डिआइजी नै छन् । यो बीचमा सशस्त्रमा एआइजीको एक दरबन्दी थपेर सशस्त्रको भावी नेतृत्वको लडाई प्रष्ट पार्ने प्रयास पनि भइरेको स्रोत बताउँछ ।