बाजुरा । खप्तड छेडेदह गाउँपालिका बाटो निर्माणका क्रममा माथिबाट आएको ढुङ्गा लागेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–२ जयवागेश्वरी पिपलगाउँकी २८ वर्षीया सिता खड्का(थापा) रहेको वडाध्यक्ष मीबहादुर शाहीले जानकारी दिएका छन् ।
शाहीका अनुसार अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको पिपल गाउँमा बाटो निर्माणका क्रममा ढुङ्गा खसेर घाइते भएकी महिलाको उपचारका लागि अछामको बयालपाटा लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको हो ।
पिपलगाउँको कुर्पेकोट देखि मतर्फुसम्मको गोरेटो बाटो निर्माणका क्रममा काम गर्दै गरेको अवस्थामा माथिबाट ढुङ्गा खसरे घाइते भएकी खड्काको उपचारमा लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको आफन्त प्रकाश थापाले बताएका छन् ।
उनका अनुसार मृतकका ६ महिना र ३ वर्षकी छोरी रहेकी छन् । आमाको मृत्यु भएपछि दुई बालिका सहारा विहिन भएकी छन् ।