Logo
Logo

प्रचण्ड र माधवले भने, ‘अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न सकिँदैन’


2.8k
Shares

काठमाडौं । अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीबारे मतभेद बढिरहेका बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा छलफल भएको हो ।

फाइल फोटो

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उक्त भेटमा तीन शीष नेताबीच एमसीसीबारे छपफल भएको थियो । सोक्रममा माओवादी अध्यक्ष प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने प्रधानमन्त्रीसमक्ष बताएको बालुवाटार स्रोतको भनाइ छ ।

यसक्रममा अध्यक्ष प्रचण्डले चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने समेत बताएका थिए । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेबु्रअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने दिएका थिए ।

बिहीबार नै माओवादी अध्यक्ष प्रचण्डसँग कांग्रेस नेता शेखर कोइरालाले भेटेका थिए । सोक्रममा एमसीसी सम्झौता तत्काल संसद्मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका थिए ।

एमसीसी सम्झौता अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद छ । नेकपा एकिकृत समाजवादीनिकट भ्रातृ संस्थाहरुले त एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आन्दोलनको घोषणा नै गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्