काठमाडौं । रुपन्देहीको सम्मरीमाइ गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।
अहिले अध्यक्षको कार्यकाल सकिनै लाग्दा विहीबार एक कार्यक्रमबीच माओवादी अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका छन् । पछिल्लो समय सीके राउतको जनमत पार्टीसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन् ।
बिहीबार शुक्लसँगै नेपाली कांग्रेसबाट निर्वाचित सोही गाउँपालिकाका वडाध्यक्ष श्रवणकुमार यादवसमेत माओवादीमा प्रवेश गरेका छन् ।