काठमाडौं । नेपाली कांग्रेसका डा प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।
उनले भने, ‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ ।’
उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको जानकारी दिए ।
‘त्यसका लागि काँग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ,’ महतले भने, गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ ।’