Logo
Logo

बालकुमारी मन्दिरको मूर्ति भेटियो


945
Shares

काठटमाडौं । ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी मन्दिरको मूर्ति भेटिएको छ ।

आज बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर उक्त मूर्ति भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।

परिसरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहका अनुसार मन्दिर अगाडि बोरा उक्त मूर्ति फेला परेको हो । स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत माघ ९ गते ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो । मूर्ति चोरी भएपछि ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले खोजी जारी राखेका थिए । सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्