काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा कमलपोखरी काठमाडौँमा बिहीबार सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।
सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास ग¥यो । स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख ५० हजारको खर्चसमेत सभाले अनुमोदन गरेको छ ।
सभामा महालक्ष्मी लाइफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारणसभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा सञ्चालक सुरेश सापकोटाले धन्यवाद ज्ञापन गरेपछि सभा समापन भएको थियो ।