काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिकाको महतमा ९२औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९२ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।