Logo
Logo

गृहमन्त्री खाणसँग जनमत पार्टीका नेताको भेट


756
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्ति पूर्णरूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकता गिरफ्तार भएको जनाउँदै उनीहरूले रिहाइका लागि माग गरेका छन् ।

शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि जनमत पार्टीका नेताले माग गरेका गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

सो अवसरमा गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्