Logo
Logo

चारदेशीय टी-२० शृँखलामा आज नेपाल र यूएई भिड्दै


504
Shares

काठमाडौं । चारदेशीय टी–२० शृँखलाको दोस्रो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । शृँखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार अहिले पौने १२ बजेदेखि सुरु हुनेछ ।
शृँखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए ।

ओमानविरुद्धको ७३ रन बनाएका दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृँखलामा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्