Logo
Logo

प्रधानमन्त्रीसँग प्रचण्ड-माधवले भने- ‘एमसीसीमा जबरजस्ती गरे गठबन्धन भत्किन सक्छ’


12.2k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा एमसीसीबारे छलफल भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शनिबार एमसीसी परियोजना सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा छलफल भएको हो । उनीहरु बीचको छलफल विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष र नेपाल बालुवाटार पुगेका थिए । तर, एमसीसीबारे आ–आफ्नै अडानका कारण कुनै निष्कर्ष आएन ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेको बालुवाटार स्रोतले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेका थिए । उनीहरुले स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने धारणा राखेका थिए ।

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले जबर्जस्ती गर्ने हो भने गठबन्धन भत्किन सक्ने चेतावनीसमेत दिएको बताइएको छ । तर, प्रधानमन्त्रीले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए ।

अमेरिकाको दवावपछि प्रधानमन्त्री देउवा एमसीसी संसदबाट अनुमोन गर्ने पक्षमा रहेका छन् । तर, प्रचण्ड र नेपालले यथास्थितिमा अनुमोदन गर्न नसकिने बताउँदै आएका छन् । शनिबार पनि तीनै जना नेताले आफ्नो अडान नछाडेपछि बैठक त्यतिकै सकिएको थियो । अमेरिकाले यही २८ फेब्रअुरीसम्ममा एमसीसीबारे छिनोफानो गर्न दवाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्