काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच छलफल भएको छ।
गृहमन्त्री बालकृष्ण खाँडको पहलमा यसअघि ओली सरकारको पालमा भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो ।
शनिबार भएको छलफलमा गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा थिए भने नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी भएका छन् ।
२०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।
छलफलमा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् । त्यसैगरी सरकारको तर्फबाट अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण जानकारी गराइएको थियो ।