Logo
Logo

फुटबल खेलाडी मनिष डाँगी गम्भीर घाइते


3.3k
Shares

काठमाडौं । मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगीले गम्भीर घाइते भएका छन् ।

शनिबार सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा मनिषले चोट बोकेका हुन् । खेल दौरान चोट बोकेपछि मनिषलाई अस्पताल भर्ना गरिएको छ ।

च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई मैदानबाटै एम्बुलेम्समार्फत थप उपचारका लागि अस्पताल लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्