काठमाडौं । नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताएका छन् ।
एमालेले नेता तथा सांसदहरुलाई काठमाडौं आउन भनेपछि विराटनगरबाट राजधानी आउन लागेका खरेलले बताएका छन् ।
‘यो प्रस्ताव छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो’, उनले भनेका छन् ।
एमालेले संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलको भनाई छ ।