काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदरुहले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सांसदहरुलाई काठमाडौं बोलाएको छ ।
एमालेले सबै सांसदहरुलाई काठमाडौं बोलाएको हो ।
एमालेले सत्तारुढ दलले महाभियोग प्रस्ताव ल्याएपछि यसबारे पार्टीमा छलफल गर्ने एमालेको तयारी छ ।
नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग गर्दा भएको हो । महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् ।
महाभियोगको प्रस्तावकमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ रहेका छन् । यसमा कूल ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ ।