Logo
Logo

एमालेले बोलायो संसदीय दलको बैठक


756
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको हो । आइतबार सत्ता गठबन्धनका तीन दलले प्रधानन्यायाधीशविरुद्ध महाअअभियोग दर्ता गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको छ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको एमालेले जनाएको छ ।

एमालेले प्रधानन्यायाधीशविरुद्ध छापामार शैलीमा महाअभियोग आएको प्रतिक्रिया दिएको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेपछि प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने षडयन्त्रले महाअभियोग ल्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्