काठमाडौँ । चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो । १२८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्रै जोड्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वधिक २८ रन बनाए । कुशल भुर्तेल र आसिफ शेखले ४.१ ओभरमा २६ रनको साझेदारी गरेका थिए ।
युवा ब्याटर लोकेश बम मार्क आदिरको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा जर्ज डोकरेलबाट ६ क्याच आउट भए । स्पिनर एन्डी म्याकबर्नीको बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा डोकरेलबाट क्याच भए । आसिफले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा १२७ रनमा अलआउट भएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिएका थिए ।
नेपालका अविनाश बोहराले दुई तथा जितेन्द्र मुखिया, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।