काठमाडौं । सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।
भेटवार्ता विहान ८ बजेपछि सुरु भएको छलफल अहिले जारी छ । आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि विकसित घटनाक्रम, एमसीसी, संसद सुचारु गर्ने विषय र स्थानीय तहको निर्वाचनबारे तीन नेताबीच छलफल भइरहेको छ ।
तीन नेताबीचको आजको छलफलबाट समाधान पहिल्याएर भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने देउवाको तयारी छ ।
पछिल्लो समय एमसीसीलाई संसदबाट पारित गराउन प्रधानमन्त्री देउवाले जोड दिंदै आएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एक अध्यक्ष नेपाल भने आवश्यक संशोधन नगरी पारित नगर्ने अडानमा कायम राखेका छन् ।