Logo
Logo

चित्रेपोखरीमा ग्लोबल आइएमईको ५०औँ एक्सटेन्सन काउन्टर


252
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्