Logo
Logo

सभामुखको राजीनामा माग गर्दै युवा संघको प्रदर्शन


1.3k
Shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध प्रदर्शन गरेको छ । युवा संघले नयाँ बानेश्वर क्षेत्रमा सभामुखविरूद्ध प्रदर्शन गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको समेत युवा संघले विरोध गरेको छ । प्रदर्शनमा युवा संघका कार्यकर्ताहरुले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुखले राजीनामा दिनुपर्ने, पार्टी फुटाउने षडयन्त्र बन्द गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

नेकपा एमाले निकट युवा संघले केही समययता सभामुखविरूद्ध विरोध प्रदर्शन गर्दै आइरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखले राजीनामा दिनुपर्ने वा आफूहरुले निस्कासन गरेका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्