काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताए । कांग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए । फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने महतले बताए ।
उनले भने, ‘स्थानीय निर्वाचन वैशाख ३० गते हुँदैछ। निर्वाचन तोक्ने सरकारको निर्णयलाई स्वागत गरेका छौं । सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौं ।’