काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)का कारण राजनीति पेचिलो अवस्थामा पुगेको बेला आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बिहान १० बजे बस्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकले संदसमा पेस हुन लागेको एमसीस)को विषयमा छलफल गर्नेछ ।
आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजकै बैठकमा सरकारले एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरेको छ ।