काठमाडौं । एमसीसीबारे धारणा बनाउन नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक अहिले १० बजे सुरु भएको हो । बैठक अहिले जारी छ ।
आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताउँदै आएको छ ।
संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले मंगलबार तयार गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।
संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।