Logo
Logo

एमसीसी संसदमा पेस भए माओवादीले सरकार छोड्ने


3.9k
Shares

फाइल फोटो

काठमाडौं । सरकारले एमसीसी अनुमोदनका जबरजस्ती संसदमा प्रस्ताव पेस गर्ने सरकार छोड्ने सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चेतावनी दिएको छ ।

आज बिहान सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले जबरजस्ती एमसीसी संसदमा पेस गरिए सरकार छोड्ने निर्णय गरेको हो ।

माओवादीका प्रमुख सचेतक देव गुरुङ एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने र आवश्यक भए सरकार छोड्ने निर्णय भएको जानकारी दिए ।

उनले भने– ‘एमसीसीमा राष्ट्रिय सहमति नजुटिकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन । एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, कमसेकम सरकारमा रहेका दलहरुबीचमा सहमति हुनुपर्छ । सरकारले जबरजस्ती गर्न खोज्यो भने सहमति विना गर्ने सरकारले गठबन्धन तोड्ने कुरा हुन्छ । गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा शायद आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्