काठमाडौं । संसदीय दलको बैठक सक्नेवित्तिके नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् ।
आज बिहान सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । सो बैठकलगत्तै माओवादी प्रचण्ड बालुवाटार पुगेका हुन् ।
माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको हो । अध्यक्ष प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिभिसभा बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरिएको छ ।