Logo
Logo

एमसीसीकाे विराेध गर्दा अश्रुग्यास र पानीको फोहोरा (फोटोफिचर)


756
Shares

काठमाडौं । एमसीसीको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनलगायत विभिन्न राजनीतिक दल विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

विप्लवसहितका ६ दल, माओवादीको भ्रातृ संगठन गरेका विरोध प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ ।

माओवादी केन्द्रको आजै बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय गरिसकेको छ । माओवादीले यथास्थितिमा एमसीसी स्वीकार्न नसकिने र जबरजस्त संसदमा पेस गरे सरकार छोड्ने माओवादी केन्द्रले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धन एमसीसीको विरोधमा उभिएका छन् । उनीहरुले आज एमसीसीको विरोधमा आज देशभर बन्द आह्वान गरेको छ ।

यसैबीच आज प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्