Logo
Logo

प्रतिनिधिसभा बैठक फागुन ६ गते बस्ने


567
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोधका बाबजुद प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

बुधबार बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारबाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदन सञ्चालनमा सहयोग गर्न आग्रहपछि पनि एमाले सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाएको थियो ।

सोहीक्रममा कानूनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गरे । यस्तै बैठकले कांग्रेसका संविधानसभा सदस्य जगत बहादुर ताजपुरीया, २०५९ सालमा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य लक्ष्मीदास मानन्धर र एमालेकै तर्फबाट संविधानसभा सदस्य डाक्टर दुमन सिंहथापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा एमसीसी अघि बढाउने सरकारको तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्