Logo
Logo

स्थानीय निर्वाचन सार्न माग गर्दै परेको रिट दर्ता गर्न सवोच्चको आदेश


1k
Shares

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।

वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो ।

साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित मेयर हुन्। उनले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने जिकीर गरेका छन्।

साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न आग्रह गरिएको छ । यसअघि सर्वोच्च प्रशासनले उक्त मुद्दा दरपीठ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्