काठमाडौं । भारतीय सिने उद्योग (बलिउड) का चर्चित नायक सलमान खान आमागी वैशाखमा नेपाल आउने भएका छन् ।
दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मालगायतका कालकार वैशाख तीन गते नेपाल आउन लागेका हुन् ।
ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको हो ।
यसअघि ०७४ फागुन २६ गते सलमानखान काठमाडौंको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भएको थियो । त्यसबेला नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।
त्यसै बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो ।