काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल भएपछि पास वा फेल जे भएपनि स्वीकार्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले बिहीबार बिहान कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ पुस्तक सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आफू एमसीसी पास हुनुपर्ने पक्षमा रहेको बताउँदै प्रधाममन्त्री देउवाले भने, ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ । त्यसका लागि मैले पहल गरिरहेको छु ।’
उनले एमसीसीको पक्ष उभिन डराउन नहुनेसमेत बताए । ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन’ उनले भने, ‘यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’