Logo
Logo

आजको मन्त्रिपरिषदमा एआइजीको दरबन्दी थप हुने सम्भावना


945
Shares


काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीमा एआइजीको दरबन्दी सम्भावना रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाणले त्यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा लैजादैछन् ।


नेपाल प्रहरीले एआइजीको तीन दरबन्दी थप्ने प्रस्ताव गरेको थियो । तर, आकांक्षी धेरै भएकाले संख्या बढ्न सक्ने स्रोत बताउँछ ।
एआइजी बढुवामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचबाट घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, प्रकाश अधिकारी, गणेश ऐर, पुरुषोत्तम कँडेल, मुकुन्द आचार्य लगायत छन् ।
त्यसपछिको ब्याचका धिरजप्रताप सिंह, रबिन्द्र धानुक, बसन्त लामा, उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी पनि दौडधुपमा लागेका छन् । दुई वटा ब्याचका डिआइजीबीच बढुवामा प्रतिस्पर्धा हुँदा दरबन्दी थप नै लम्बिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्