Logo
Logo

चीनको चेतावनीपछि अमेरिकाले भन्यो- एमसीसीबारे निर्णय नेपालको सार्वभौम अधिकार


3.5k
Shares

काठमाडौं । अमेरिकाले एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ ।

एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको चीनले आरोप लगाएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार विज्ञप्तिमार्फत चिनियाँ धारणाको खण्डन गरेको हो ।

एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा एउटा सार्वभौम र लोकतान्त्रिक मुलुकका रुपमा नेपालले मात्रै निर्णय गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको भन्दै अमेरिकाले ५० करोड डलर बराबरको एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई दिइएको उपहार भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत अमेरिकाले नेपाल र अमेरिकाबीचको यो साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार विकासमा सहयोग पुग्ने र नेपालीहरूको जीवनस्तरमा सुधार हुने विश्वास व्यक्त गरेको छ ।

यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय अमेरिकाले एमसीसी अनुमोदन गराउन दबाबपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अमेरिकाको दबाबपूर्ण व्यवहारको विरोध गर्दै शुक्रबार चीनले विरोध गरेपछि अमेरिकाले शनिबार नरम भाषामा विज्ञप्ति निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्