Logo
Logo
एमसीसी टेबुल गर्नेबारे देउवा-प्रचण्ड

प्रचण्ड- समितिमा छलफल गरौं, प्रधानमन्त्री- सिधैं प्रक्रियामा लैजाउँ


2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसदमा होइन, संसदीय समितिमा लैजानुपर्ने बताएका छन् । आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले सदनभन्दा समितिमा लैजान आग्रह गरेको उनको सचिवालयले जनाएको हो ।

‘अध्यक्ष कमरेडले यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ,’ प्रचण्डका स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन् ।

उनले भनेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।’

यसका बावजुद सदनमा आ–आफ्नो विचारअनुसार छलफल गर्ने सहमति भएको प्रचण्डको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्