Logo
Logo

‘एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्छौं’


5.1k
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको छ । तर जनमोर्चालाई भने बैठकमा बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी टेबल गर्न नै नहुने बताएकी छन् । उनले संसदमा पेलेर पेश गरे विपक्षमा मतदान गर्ने बताएकी छन् ।

उनले अरुलाई पनि विपक्षमा मत दिन अपील गर्ने बताइन् । गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्