काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसी सदनमा पेस गर्ने सत्तागठबन्धनका शीर्ष नेताबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।
नेता खनालले पार्टीले यथास्थितिमा एमसीसी टेबल हुन नहुने निर्णय गर्दागर्दै गठबन्धनका नेताहरुबीच भएको सहमति आपत्ति जनाएका हुन् ।
नेता खनालले आफूलाई बैठकमा समेत नबोलाएको भन्दै ‘अमेरिकासँग झुक्नेले सम्झौताप्रति मेरो सधैं विरोध रहन्छ ।’ उनले अहिले संसद नचलेको अवस्थामा एमसीसी कसरी टेबल हुन्छ भन्दै प्रश्न गरे । एमसीसी राष्ट्रघाती भएको नेता खनालको भनाइ छ ।
एकीकृत समाजवादीले शनिबार मात्र एमसीसी संसदमा टेबल गर्न दिने तर विपक्षमा उभिने निर्णय गरेको थियो ।