इटहरी । जेलमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ३३ लाख रुपैयँ ठगी गर्ने व्यक्ति आफैं प्रहरी हिरासतमा परेका छन् । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने ईटहरी –१२ का मन्दु भनिने जस बहादुर लिम्बु ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो । लिम्बु र ईटहरी–१२ कै भरत चौधरीले आफ्नो न्यायाधीस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको तथा अर्का आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ईटहरीले जनाएको छ ।