Logo
Logo

एमसीसीबारे हाम्रो विरोध कायम छ : नारायणकाजी श्रेष्ठ


378
Shares

काठमाडौं । नेपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबल गर्ने सैद्धान्तिक सहमति गरिसकेको छ । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने पार्टीमा कुनै छलफल नभएको बताएका हुन् ।

श्रेष्ठले भनेका छन्, ‘एमसीसी संसदमा टेबल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ ।’

प्रतिक्रिया दिनुहोस्