रौतहट । नेकपा एमालेको विवादित जिल्ला कार्यसमितिको शनिबार गर्न लागेको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । शपथ ग्रहण कार्यक्रम केन्द्र र प्रदेशको निर्देशनमा स्थगित भएको हो ।
रौतहट एमालेमा अहिले तीब्र विवाद बढ्दै गएको छ । नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साह र तत्कालिन जिल्ला अध्यक्ष तुलसी गिरी पक्षका विचमा विवाद देखिएको हो । केही दिन अघि जिल्लाको कटहरियामा आयोजित जिल्ला अबिधेशनबाट नयाँ जिल्ला कार्यसमितिको गठन गरिएको जनाइको थियो ।
जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतमा नयाँ कार्य समिति चयन गरेको थियो । उक्त जिल्ला अधिवेशनलाई गिरी पक्षले अवैध र हलले अनुमोदन नगरेको भन्दै पार्टीको निर्वाचन हुनु पर्नै बताउँदै आएको छ । साह पक्षले एक सय ३५ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको थियो ।
अहिले एमालेको जिल्लामा दुवै पक्षले कार्यक्रम संचालन गर्दै आएका छन् । जिल्ला अधिवेशनका असन्तुष्ट पक्षले विवादको विषयलाई लिएर पार्टी केन्द्र र प्रदेश पार्टी कार्यालयमा यसअघि ध्यानाकर्षण गराईसकेको जनाइएको छ ।
रौतहट जिल्लाको विवादका विषयमा एमालेको केन्द्रिय अध्यक्ष ओली तथा प्रदेश ईन्चार्ज रघुबिर महासेठ समेतलाई जानकारी गराएको एमाले रौतहटका तत्कालिन अध्यक्ष तुलसी गिरीले जनाए । तर साह पक्षले भने सो अधिबेशनलाई आधिकारीक रहेको जनाउँदै आएको छ । यसैबीच शनिबार दिउसो गिरी पक्षले
पुरानो जिल्ला समिति र प्रदेश समितिका सदस्य सहितको बैठक गरुडामा सम्पन्न गरेको जनाएको छ । सो बैठक नेकपा एमालेको केन्द्रिय सदस्य तथा सभासद रेखा झा समेतको उपस्थितिमा सम्पन गरिएको जनाएको हो ।