Logo
Logo

अनुमोदनका लागि एमसीसी संसदमा पेस


6.1k
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा पेस गरेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने कार्यसूची बनाइएपनि उनी अनुपस्थित भएपछि कार्कीले एमसीसी टेबल गरेका हुन् । अर्थमन्त्री शर्माका विमारी भएका कारण बैठकमा उपस्थिति हुन नसकेको उनका सहयोगी नवीन शर्माले बताए ।

प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्नुअघि सञ्चारमन्त्री कार्कीले एमसीसीबारे संक्षेपमा केही धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्