काठमाडौं । विपक्षी दल नेकपा एमालेले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल हुन आपत्तिजनक भएको बताएका छन् ।
संसदको आइतबार बसेको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोलेका नेता रावलले एमसीसीको बारे आफ्नो धारण राखेका हुन् ।
एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिँदै नेता रावलले प्रश्न गरे‚ ‘यो सार्वभौम संसद्ले यस्तो राष्ट्रघाती सम्झौताको पक्षमा बोल्छ कि देशको पक्षमा बोल्छ ?’
एमसीसी सम्झौता स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको स्वाधीनताविरुद्ध भएको उनले बताए ।
विपक्षी पार्टीले संसद्मा अवरोध गरिरहेको बेला संसद्ले उक्त सम्झौता टेबल गर्न नहुने भन्दै नेता रावलले भने‚ ‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला टेबल कसरी हुन सक्छ ? यो विषय नेपालको स्वाधीनता‚ स्वाभिमान र आत्मनिर्णयसँग सम्बन्धित भएकाले यसमा राष्ट्रिय सहमति र नेपाली जनताको भावनाविपरीत टेबल गरिने कुरा आपत्तिजनक छ ।’