काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । एमसीसीको विरोध प्रर्दशनका क्रममा उनी घाइते भएकी हुन् ।
आज माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा एमसीसी विरद्ध प्रदर्शन भइरहेको छ ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।
यता, सदनमा भने नाराबाजिका बीचै एमसीसी सम्झैता अनुमोदनमा लागि पेस भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।
एमसीसी सम्झौता संसदमा पेस हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।