Logo
Logo

राष्ट्रिय महत्त्वको विषय संसदमा छलफल गर्नु अनुचित होइन : सभामुख


819
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु अनुचित नहुने बताएका छन् ।

प्रमुख दलका शीर्ष नेता, सांसद, संविधानविद्, कानूनविद् लगायतको धारण एमसीसी सार्वभौमा संसदमा छलफल होस् भन्ने रहेकाले एमसीसी संसदमा टेबुल गरिएको सभामुख सापकोटाको भनाइ रहेको छ ।

सभामुख सापकोटाले राष्ट्रिय महत्वको विषयमा छलफल होस् भन्ने मान्यतालाई आत्मसात् गर्दै छलफलका लागि संसदमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिएको स्ष्पट पारेका छन् ।

सभामुख सापकोटाले भने– ‘नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्