Logo
Logo

सशस्त्र प्रहरीको इन्सपेक्टर भर्नामा मागभन्दा थोरै उत्तीर्ण, मधेसीको कोटा रिक्त


7.4k
Shares


काठमाडौंदेशमा बेरोजगारी व्यापक छ, तर सरकारी सेवामा भने माग संख्या भन्दा थोरै मात्र उत्तीर्ण हुने गरेका छन् । सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नाको लिखित परीक्षामा मागभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । ७५ जनाका लागि खुलेको विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका हुन् ।

परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका छन् । समावेशी आरक्षणको प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौजनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार अमर÷असक्त प्रहरीका सन्तानका लागि एकजनाको कोटामा कोही पनि उत्तीर्ण हुन सकेनन् ।

लिखित परीक्षामा कुल तीन सय ७१ सहभागी भएका थिए । महिला, दलित र पिछडिएको क्षेत्रतर्फ मागबराबर मात्र उत्तीर्ण भएका छन् । महिलातर्फ सात, दलिततर्फ पाँच तथा पिछडिएको क्षेत्रतर्फ एकजनाको कोटा थियो । खुलातर्फ भने ४० जनाको माग भएकोमा ४९ जना उत्तीर्ण भए । समावेशी कोटामा नाम निकाल्ने केहीले खुलामा पनि निकालेका छन् ।

आदिवासी जनजातितर्फ ११ जनाको मागमा १४ जना उत्तीर्ण भएका छन् । समावेशी कोटा रिक्त रहेमा त्यसलाई खुलातर्फ जोडेर अन्तिम नतिजा प्रकाशन हुने प्रावधान छ । एकातर्फ अन्य सरकारी सेवाको तुलनामा भर्नामा आकर्षण कम छ भने अर्काेतर्फ सशस्त्र प्रहरीको परीक्षामा विगतदेखि मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्