Logo
Logo

पल र समीक्षाबीच विवादको चुरो के हो ?


8.8k
Shares

काठमाडौं । कलकारिता क्षेत्रमा प्रेम, रोमान्स, विवाह र विछोड सामान्य मानिन्छ । अनस्क्रिनमा दर्शकले प्राय यस्तै दृश्य देख्न देख्न पाइरहेका छन् । बिक्ने कथा पनि यही नै हो । तर, वास्तविकता फरक हुन्छ ।

उदाहरणका लागि मोडल तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीलाई लिन सकिन्छ । यतिखेर पल शाह र समीक्षा अधिकारी एउटा सम्बन्धका कारण चर्चामा छन् । मिडियाले प्रेम सम्बन्धमा रहेको भन्दै आएपनि उनीहरु भने आफूहरु ‘मिल्ने साथी’ मात्र भन्दै आएका थिए । तर, अहिले यही विषय उनीहरुबीच विवादमा परिणत भएको छ ।

गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको बताइरहेका बेला अडियो सार्वजनिक भएपछि पल शाहले स्पष्टिकरण नै दिएका छन् । उनले अधिकारीलाई कसैले उक्साएको दावी गरेका छन् ।

सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा बोलेकी छन् । समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन् । गएको शनिबारमात्रै पल र समीक्षा एकसाथ मिडियामा देखिएका थिए । दुवैले आफूहरुबिच प्रेम सम्बन्ध नभएको र ‘मिल्ने साथी’मात्रै भएको बताएका थिए । तर, पल शाहले मंगलबार शोसल मिडियामार्फत अपिल गर्दै अडियोमा सुनिएको आवाज ‘आफ्नो नभएको’ उल्लेख गरेका छन् ।

तर, यता अभिनेता पल शाहले सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको समीक्षाको आरोप छ । अर्को अडियोमा पनि पल र समीक्षाको संवाद सुन्न सकिन्छ । अडियोबाट समीक्षा पलसँग बिहे नै गर्न खोजिरहेको आभाष हुन्छ । तर, पल भने आफूहरु जीवनभर मिल्ने साथी रहने तर बिहे नगर्ने बताइरहेका छन् ।

‘प्रसारित अडियो रेकर्डको आवाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्नभिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ । यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो बास्तविक जीवनसँग जोड्ने प्रयास भएको छ’ पलले स्पष्टिकरणमा भनेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै पलले स्पष्टीकरण दिएका हुन् । उनले फेसबुकमा आफ्नो संघर्षपूर्ण जीवनको सम्झना समेत गरेका छन् । संघर्षका क्रममा आएका बाधा र अड्चनले कृत्रिम समस्या खडा गरिदिएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्