काठमाडौं । न्याय परिषद्को बैठकले बिशेष अलालतमा न्यायाधीशको सरुवा गरेको छ । न्यायालयको विवादका कारण बिशेष अदालत नेतृत्वविहित थियो ।
कामु प्रधानन्याायधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले श्रीकान्त पौडेललाई बिशेष अदालतको न्यायाधीश बनाएको छ । पौडेल बाग्लुङ उच्च अदालतमा कार्यरत थिए ।
त्यस्तै सदस्यहरुमा रमेश कुमार पोखरेल, यमुना भट्टराई, बलभद्र बास्तोला र खुशी प्रसाद थारु खटाइएको छ ।
बिशेषमा कार्यरत अब्दुल अजिज मुसलमान हेटौं उच्च अदालत र नित्यानन्द पाण्डेको बुटवल उच्च अदालतमा सरुवा भएको छ ।
साउनदेखि बिशेषमा अध्यक्ष नहुँदा मुद्दा फैसला प्रभावित बनेका थिए ।