काठमाडौं । बलात्कार आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले आफुलाई फसाउन खोजिएको बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले बिहीबार बिहान आफ्नो फेसबुक आइडीमार्फत अडिओ ‘प्रमाण’सहित आफू निर्दोष भएको पनि जिकिर गरेका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।’
हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस