Logo
Logo

युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा


एजेन्सी

882
Shares

मस्को । युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।

युक्रेनको सडकमा बुधबार निस्किएका सैनिक बंकरहरु । तस्बिर/एजेन्सी

बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नु भएको छ ।

पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ । अमेरिका लगायतका केही पश्चिमा देशहरुले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिकहरु पनि फिर्ता लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्