काठमाडौं । रुसले युक्रेनको राजधानी किएभ कब्जा गर्ने तयारी गरिरहेको समाचार छ । रुसका २ हजार विशेष सैन्य बलले युक्रेनको राजधानी किएभ कब्जा गर्ने योजना बनाइरहेको किएभ इन्डिपेन्डेन्ट पत्रिकाले जनाएको छ । उक्त समाचारअनुसार उनीहरू हलुका सशस्त्र वाहन तथा हेलिकप्टरहरूमा आएर किएभमा ओर्लन खोज्दैछन् ।
किएभमा ओर्लन बेलारुस र रुसको हवाईक्षेत्रमा ए–५० विमानमार्फत गरिनेछ । बेलारुसबाट हेलिकप्टर वा हलुका विमान आउनेछ ।
युक्रेनका रुसका ध्वंसकारी समूहहरूले बिजुलीका तार र सबस्टेसनहरू ध्वस्त पार्ने योजना छ । उनीहरूले शहरको बिजुली र सञ्चारसेवा काटेर जनतालाई तर्साउन खोजेका छन् ।
जनतामा त्रास फैलाउन केही अराजक समूहहरूले आगजनी र लुटपाट गरिरहेका छन् । युक्रेनको प्रहरी बलले सार्वजनिक सुरक्षामा ध्यान दिएर ध्वंसकारी र जासूसहरूलाई खोज्न नसक्ने बनाउन खोजिएको छ ।
त्यसबाहेक युक्रेनका सरकारी कार्यालय र महत्पूर्ण स्थलहरूमा विशाल साइबर आक्रमण गर्ने योजना बनाइरहेको उक्त पत्रिकाले जनाएको छ ।